ad ad

खेल


राजवंशीले दिलाए नेदरल्याड्सविरुद्ध नेपाललाई चौथो सफलता

राजवंशीले दिलाए नेदरल्याड्सविरुद्ध नेपाललाई चौथो सफलता

नेपालखबर
फागुन ५, २०८० शनिबार १०:५८, काठमाडौँ

ललित राजवंशीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेदरल्याड्सको चौथो विकेट झारेका छन्। 

व्यक्तिगत दोस्रो विकेट लिने क्रममा ललितले २०औँ ओभरको दोस्रो बलमा वास डे लिडलाई २७ रनमा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए। 

त्यसअघि ललितले नै १६औँ ओभरको चौथो बलमा साइब्रान्ड एङ्गलडेब्रेचलाई २३ रनमा अनिल शाहको हातबाट क्याच आउट गराएका थिए। 

छैटौँ ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए। 

तीव्र गतिका बलर सोमपाल कामीले ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले २० ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा कप्तान स्कट इडवार्ड ९ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .