भारत र इंग्ल्याण्डबीच आज अर्थात बिहीबार तेस्रो टेष्ट खेल हुँदै छ।
राजकोटमा हुने यस टेस्टमा कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
टोलीमा सर्फराज खानलाई मौका दिइएको छ। उनले आफ्नो पहिलो टेस्ट खेल्नेछन्।
यसबाहेक ध्रुव जुरेललाई पनि टोलीमा स्थान दिइएको छ।
अहिलेसम्म इंग्ल्यान्ड र भारतले एक/एक टेस्ट जितेका छन्।
मुकेश कुमार टिममा परेका छैनन्। मुकेश कुमार बंगालको रणजी ट्रफी टिममा खेल्ने भएकाले यो निर्णय गरिएको हो।
रवीन्द्र जडेजा र मोहम्मद सिराज टोलीमा फर्किएका छन्।
भारतीय टोली : रोहित शर्मा, यशस्वी जैसवाल, शुभमन गिल, आर पाटिदार, एस. खान, ध्रुव जुरेल, रवीन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, मोहम्मद सिराज, जसप्रित बुमराह।
45
Shares
प्रतिक्रिया