क्यानडाविरुद्धको अन्तिम ओडीआई खेलमा नेपालका ओपनर कुशल भुर्तेल १३ रन बनाउँदै पेभेलियन फर्केका छन्।
आक्रमक सुरुवात गरेको नेपालका ओपनर भुर्तेल १३ रन बनाउँदा डिलोन हेलिगेरको बलमा बोल्ड आउट भए।
अर्का ओपनर अनिल शाह १५ बलमा ५ चौका मद्दतमा २५ रनमा नटआउट छन्। भीम सार्की शून्य रनमा नटआउट छन्।
क्यानडाले दिएको ३ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले छैटौँ ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा ४५ रन बनाएर खेलिरहेको छ।
त्यसअघि नेपालले ५ रन अतिरिक्त पाएको थियो। क्यानडाका लागि ४९ औँ ओभरको अन्तिम बलमा कप्तान सदविन जफर पिचको मध्यभाग (खतरा क्षेत्र) मा दौडिएपछि अम्पाएरले नेपाललाई ५ रन दिएका थिए।
90
Shares
प्रतिक्रिया