ad ad

खेल


कीर्तिमानी अर्धशतकसँगै आउट भए अनिल

कीर्तिमानी अर्धशतकसँगै आउट भए अनिल

नेपालखबर
माघ २७, २०८० शनिबार १४:१३, काठमाडौँ

ओपनर अनिल शाह किर्तिमानी अर्धशतक पूरा गर्दै पेभेलियन फर्केका छन्। क्यानडाविरुद्धको तीन खेलको दोस्रो खेल अन्तगर्त एक दिवसीय सिरिजमा अनिल शाहले कीर्तिमानी अर्धशतक पूरा गरे।

आक्रमक ब्याटिङ गरेका अनिलले १९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। 

योसँगै ओडिआईमा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने अनिल पहिलो खेलाडी बनेका छन्। 

यसअघि पिएनजीविरुद्ध ओपनर आशिफ शेखले २१ बलमा अर्धशतक पूरा गरेका थिए। सातौँ ओभरको तेस्रो बलमा अनिल इश्वरजत सोनीको बलमा एलबीडब्लु धरापमा परे। 

त्यसअघि पाचौँ ओभरको पाचौँ बलमा अर्का ओपनर आशिफ शेख १० रन बनाउँदै आउट भए। आक्रमक सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४.५ ओभरमा ५५ रनको साझेदारी गरेका थिए। 

क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफि ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .