ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २०, २०८० शनिबार १६:२३, काठमाडौँ

विभागीय टोली नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

शनिबार टियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिसद्वारा आर्मी ६ विकेटले पराजित भएको हो। 

आर्मीले दिएको १ सय ८२ रनको लक्ष्य पुलिसले ३७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

पुलिसका लागि शंकर रानाले अविजित ६२ रनको अर्धशतकीय इनिङ खेले। अर्जुन साउदले३६ तथा अमित श्रेष्ठले २८ रन बनाए। आरिफ शेखले २७ रनको अविजित इनिङ खेले। शंकर रानाले छक्का प्रहार गर्दै खेल सकाएका थिए।

आर्मीका लागि कुशल मल्ल, जितेन्द्र मुखिया, साहाब आलम र वसिर अहमदले समान एक एक विकेट लिए।

टस हारेर ब्याटिङ गरेको आर्मीले ४९ दशमलब ५ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो। 

आर्मीका लागि विवेक यादवले ८१ बलमा ६३ रनको अर्धशतकीय इनिङ खेले। ओपनर इम्रान शेखले २८ तथा सोमपाल कामीले ४९ रन बनाए। 

कुशल मल्लले १७ रन जोडे। आठौं विकेटका लागि सोमपाल कामी र विवेक यादवबीचको ५९ रनको साझेदारी सर्वाधिक ठूलो साझेदारी रह्यो। 

दशौं विकेटका लागि यादव र जितेन्द्र मुखियाले ४३ रनको साझेदारी गरे।
टोलीले सात विकेट गुमाएर ६९ रन बनाउँदा क्रिजमा आएका विवेकको उत्कृष्ट पारीको सहयोगमा आर्मी सम्मानजनक योगफलमा पुग्न सफल रह्यो।

पुलिसका लागि ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान तीन तीन विकेट लिए। सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .