खेल


सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल

सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार ७:९, काठमाडौँ

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ।

सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपाल विश्वकपबाट बाहिरिने पक्का भएको हो। 

त्यसो त नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ।

तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक मात्र हुन्छ भने भारत र पाकिस्तानले ६/६ अंक जोडिसकेकाले नेपाल अब सुपर सिक्स खेलेर घर फर्कनुपर्ने भएको हो।

किनभने सुपरसिक्सको एउटा समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन्। नेपाल रहेको समूह एबाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो छ। उनीहरूले तीन/तीन खेल जितेर ६/६ अंक बनाएका छन्।

बंगलादेशले २ खेलबाट २ र न्युजिल्यान्डले ३ खेलबाट २ अंक बनाएका छन् भने नेपालले २ र आयरल्यान्डले ३ खेल खेले पनि कुनै अंक जोडेका छैनन्।

सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .