ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटमा कोसीको लगातार आठौँ हार

प्रधानमन्त्री कप क्रिकेटमा कोसीको लगातार आठौँ हार

नेपालखबर
माघ १०, २०८० बुधबार १५:४१, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिर्सनलायक प्रर्दशन गरेको कोसी प्रदेशले लगातार आठौँ हार व्यहोरेको छ। 

बुधबार भएको खेलमा कोसी सुदूरपश्चिम प्रदेशसँग ८ विकेटले पराजित भएको हो। कोसीमाथि जित निकालेको सुदूरपश्चिम ८ अंकमा तालिकाको दोस्रो स्थानमा छ। 

कोसीले दिएको १ सय २४ रनको लक्ष्य सुदुरपश्चिमले २१.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

सुदूरका लागि नरेन भट्ट ५४ र प्रकाश पाण्डे ३४ रनमा अविजित रहे। 

४९ बलको सामना गरेका नरेनले ७ चौका मद्दतमा ५४ रनमा नटआउट रहे। प्रकाशले ४२ बलमा १ चौका हान्दै ३४ रन बनाए। 

कप्तान राजु रिजाल २१ रनमा क्याच आउट भए। खडक बोहोराले ९ रन बनाए। 

कोसीका फिर्दोस अन्सारीले २ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशी प्रदेश ३२ ओभरमा १ सय २३ रनमा अलआउट भयो। 

कोसीका लागि मिनास थापाले बनाएको २६ रन नै सर्वाधिक रह्यो। कप्तान अंकित थापाले २२ रन थपे। कमल खत्री १८ र फिर्दोस अन्सारी १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कोसीलाई कम स्कोरमा रोक्न घातक बलिङ गरेका शेर मल्लले ५ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २८ रन खर्चे। 
विकासले ७ ओभरमा १ मेडन राख्दै ४ विकेट झार्दा मात्र ९ रन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .