ad ad

खेल


मिडल्सब्रोलाई ६–१ ले हराउँदै चेल्सी फाइनलमा

मिडल्सब्रोलाई ६–१ ले हराउँदै चेल्सी फाइनलमा

नेपालखबर
माघ १०, २०८० बुधबार १०:१५, काठमाडौँ

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ। 

गएराति भएको सेमिफाइनलको लेग–२ मा मिडल्सब्रोलाई ६–१ गोल अन्तरले हराउँदै चेल्सी समग्रमा ६–२ को अग्रतासहित फाइनलमा प्रवेश गरेको हो। 

पहिलो लेगमा मिडल्सब्रो १–० ले विजयी भएको थियो।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि कोल पालमरले दुई तथा इन्जो फर्नान्डेज, डिसासी र नोनी मेड्युकेले एक–एक गोल गरे। 

एक गोल भने चेल्सीले मिडल्सब्रोबाट आत्मघाती गोल उपहार पायो। खेलको १५औँ मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोल गरेका थिए।

मिडल्सब्रोका मोर्गन रोगरले खेलको ८८औँ मिनेटमा एक गोल फर्काएका थिए।

चेल्सी अब फाइनलमा लिभरपुल र फुलहममध्ये विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल आज राति हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .