ad ad

खेल


केपी ओली कप प्रतियोगिताका विजेताले ११ लाख रुपैयाँ पाउने

केपी ओली कप प्रतियोगिताका विजेताले ११ लाख रुपैयाँ पाउने

नेपालखबर
माघ ३, २०८० बुधबार २२:६, काठमाडौँ

केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेश टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लव खेल्ने भएका छन्।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप काठमाडौंमा हुँदैछ। यस पटक भुटान र भारतका क्लवले पनि खेल्ने आयोजकले जनाएको छ।

बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नकआउटका आधारमा हुने प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिताका खेलहरू च्यासल, र दशरथ रंगशाला हुने भएको छ। सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा खेलाइने भएको छ। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। म्यान अफ दी म्याचले १५ हजार र हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। गत वर्ष सम्पन्न पहिलो संस्करणमा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .