ad ad

खेल


मेस्सीले जिते ‘फिफा द बेस्ट’ अवार्ड

मेस्सीले जिते ‘फिफा द बेस्ट’ अवार्ड

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८० मंगलबार १२:१, काठमाडौँ

अर्जेन्टिना कप्तान तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले फिफा द बेस्ट २०२३ अवार्ड जितेका छन्। 

मेसीले तेस्रो पटक वेष्ट फिफा अवार्ड पाएका हुन्। महिलातर्फको वेष्ट अवार्ड भने स्पेनी आइताना बोनमातीको पोल्टामा परेको छ। 

बोनमर्टीले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

गएराति लन्डनमा आयोपजत समारोहमा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) मा फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन्। 

गत सिजन ट्रेबल उपाधि जितेको सिटीका उत्कृष्ट गोलरक्षकको अवार्ड भने सिटीका इडरसनले पाए। उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि सिटी कै पेप ग्वार्डिओलाको हातमा पुग्यो।

सिटीले सन् २०२२–२३ को सिजन प्रिमियर कप, च्याम्पियन्स लिग र एफ ए कपको उपाधि जितेको थियो।

फिफा वेष्ट अवार्ड विजेताको घोषणा राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र प्रशंसकबाट प्राप्त भोटको आधारमा गरिन्छ। 

फिफा वेष्ट अवार्डका विजेताहरू
फिफाको सर्वोत्कृष्ट महिला खेलाडीः आइताना बोनमाती
फिफाको सर्वोतकृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी
फिफाको सर्वोत्कृष्ट महिला गोलकिपरः मेरी इप्र्स
उत्कृष्ट फिफा पुरुष गोलकिपरः एडरसन
फिफाको सर्वोत्कृष्ट महिला प्रशिक्षकः सरिना विगम्यान
फिफाको उत्कृष्ट पुरुष प्रशिक्षकः पेप गार्डियोला
फिफा पुस्कास अवार्डः गुइल्हेर्मे मडरुगा
फिफा स्पेशल अवार्डः मार्टा
फिफा फेयर प्ले अवार्डः ब्राजिलको पुरुष राष्ट्रिय टोली
फिफा फ्यान अवार्डः ह्युगो डेनियल ‘टोटो’ इनिगेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .