ad ad

खेल


टाइगर कप : महिलातर्फ एपीएफ र डायमन्डको विजय सुरुवात

टाइगर कप : महिलातर्फ एपीएफ र डायमन्डको विजय सुरुवात

नेपालखबर
माघ १, २०८० सोमबार १३:३१, काठमाडौँ

नेपाल एपीएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले पोखरामा सुरु चौथो टाइगर कपमा महिलातर्फको खेलमा विजय सुरुवात गरेका छन्।  

सोमबार भएको पहिलो खेलमा विभागीय डर्बीमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै रोमान्चक जित निकालेको हो। 

एपीएफले सुरुआतका दुई सेट जितेपनि त्यसपछिका दुई सेट गुमाएपछि खेल पाचौँ सेटसम्म लम्बिएको थियो। 

एपीएफले पहिलो सेट २५–१८ ले तथा दोस्रो सेट २५–१८ आफ्नो पक्षमा पारेको थियो।  एपीएफले तेस्रो सेट २५–१९ ले तथा चौथो सेट २५–१८ ले पुलिस क्लबलाई सुम्पेको थियो। 

तर पाँचौ तथा निर्णायक सेटमा एपीएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गरेको हो। 

जितसँगै एपीएफले २ अंक जोडेको छ। पुलिस क्लबले भने एक अंक प्राप्त गरेको छ। 

आजै भएको महिलातर्फको दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै चन्द्रागिरी नगरपालिका न्यु डायण्डमले पहिलो जित निकालेको हो। 

न्यु डायमण्ण्डले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। तर तेस्रो सेट २३–२५ ले गुमाउँदै खेल चौथो सेटमा लम्बिएको थियो। चौथो सेटमा आर्मीलाई २५–१५ ले हराउँदै डायमण्डले पहिलो जित निकालेको हो। 

जितसँगै ३ अंक जोडेको न्यु डायमण्ड अंक तालिकाको शीर्ष स्थानमा छ। 

आजै हुने पुरुषतर्फको खेलमा एपिएफ र नेपाल पुलिस क्लब तथा घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। 

प्रतियोगितामा महिलातर्फ एपीएफ, पुलिस क्लब र घरेलु टोली गण्डकी प्रदेश समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड र भारतको हरियाणा टोली छन्। 

पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश, साविक विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए मा छन्। समुह बी मा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम छन्। 

समूहको विजेता र उपविजेता टोलीले अन्तिम चारमा स्थान पक्का गर्नेछन्। 

प्रतियोगितामा महिला पुरुष दुवैतर्फका विजेताले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। 

उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ र तेस्रो हुनेले १ लाख २५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .