ad ad

खेल


भद्रगोल अवस्थाका खेल संघहरू व्यवस्थित गर्दैछौँ : सदस्यसचिव घिसिङ

भद्रगोल अवस्थाका खेल संघहरू व्यवस्थित गर्दैछौँ : सदस्यसचिव घिसिङ

नेपालखबर
पुस २७, २०८० शुक्रबार १९:३२, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल संघलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताएका छन्।

राखेप सदस्यसचिव घिसिङले शुक्रवार चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटनका अवसरमा सो धारणा राखेका हुन्। विकसित राष्ट्रको भन्दा पनि बढी खेलकुद संघ अव्यवस्थित रुपमा रहँदै आएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने प्रयास रहेको उनको भनाइ छ।

संविधान र नयाँ खेलकुद ऐनद्वारा निर्देसित काम कामकारबाही अगाडि बढिरहेको घिसिङले बताए। साथै उनले पहिलोपटक नेपालमा खेलकुद बीमालेख जारी भएको पनि जानकारी गराए।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा सो प्रतियोेगिता आगामी पुसको २७ र २८ गते हँदैछ। प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ६ विधामा प्रतिष्पर्धा हुनेछन्।

सदस्यसचिव घिसिङले अब प्रतियोगिताको मुखमा गएर खेलाडीको तयारी गराउने परम्पराको अन्त्य हुने विश्वास व्यक्त गरे। त्यसैले अब हुने एसियाली खेलकुदको तयारी छिट्टै गरिने र त्यसको शुरुवात करातेबाट हुने सदस्यसचिव घिसिङको भनाइ छ।

प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजक संस्था नेपाल वादोरियो संघले राखेपका सदस्यसचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पत्रकार निरञ्जन राजवंशी र स्थानीय जनप्रतिनिधिलाई पनि सम्मान गरेको थियो। उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानपत्र प्रदान गरेको थियो।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिष्पर्धा हुँदैछ।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडी सहभागिता जनाउन पाउनेछन्। त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन्।

प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष/महिला खेलाडी, बेस्ट फाइटर तथा शिर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .