ad ad

खेल


विश्वकपअघि नेपालको लगातार दोस्रो जित, नामिबिया ६ रनले पराजित

विश्वकपअघि नेपालको लगातार दोस्रो जित, नामिबिया ६ रनले पराजित

नेपालखबर
पुस २७, २०८० शुक्रबार ७:३१, काठमाडौँ

नेपालले आईसीसी-यू १९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ। दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो।

जितका लागि १ सय ४२ रन पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो।

नामिबियाका कप्तान बसिंग वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए। 

नेपालका गुलशन झाले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए भने आकाश चन्दले ५.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।
यस्तै दुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। वर्षाका कारण खेल ३० ओभरमा छोट्याइएको थियो।

नेपालका लागि १०औँ नम्बरमा आएका दीपक डुम्रे २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहे।

ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दीपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल विक्रम केसी १४ तथा दीपक बोहरा १५ रनमा आउट भए।

नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २/२ विकेट लिए।

नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो। नेपालले अब जनवरी १३ मा स्कटल्यान्ड र १६ मा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’मा छ। यो समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .