ad ad

खेल


ए डिभिजन लिगः सरस्वतीलाई पराजित गर्दै मछिन्द्र पुनः शीर्षस्थानमा

ए डिभिजन लिगः सरस्वतीलाई पराजित गर्दै मछिन्द्र पुनः शीर्षस्थानमा

नेपालखबर
माघ २३, २०७६ बिहिबार ८:४,

सरस्वती क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब, कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ। ११औँ चरणको पहिलो खेलमा बिहीबार अंकतालिकाको पुछारको सरस्वती युथ क्लबलाई ६–१ ले पाखा लगाउँददै मछिन्द्र फेरि शीर्ष स्थानमा पुगेको हो।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा ५ गोल थप्दा सरस्वतीले १ गोल मात्र फर्कायो।

खेलको ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। रन्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले हेडमार्फत गोल गर्न सफल भएका थिए। खेलको ५४औँ र ७७औं मिनेटमा दिपक राईले गोल गरे। ५९औ मिनेटमा विशाल राईले गोल अग्रता फराकिलो पार्दा दोस्रो हाफको इन्जुरी समयमा सोमिडे एन्डेलेजा र एन्ड्रेस नियाले गोल थपे। सरस्वतीका काजिक बुसारीले ८७औं मिनेटमा १ गोल फर्काए।

त्यसअघि खेलको ११औं मिनेटमा विशाल राई ‘बी’को क्रसमा विशाल राईको प्रहार पोस्टबाट थोरै बाहिरियो। १९औं मिनेटमा कप्तान विराज महर्जनको पासमा रन्जित धिमालको प्रहार सरस्वतीका गोलरक्षक प्रदिप भण्डारीले बचाए। २३औं मिनेटमा बिजय धिमालले एकल प्रयासमा गरेको प्रहार आकासियो। ३३औं मिनेटमा विशाल राई बी को फ्रिकिक बाहिरियो।

आजै हुने दोस्रो खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी र एपीएफ भिड्नेछन्। सोही मैदानमा हुने खेल दिउँसो ३ बजे हुनेछ। सो खेलमा आर्मीले एपीएफलाई हराउन सके पुनः शीर्ष स्थानमा फर्कनेछ। एपीएफ भने बलियो टोली आर्मीलाई टक्कर दिने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .