ad ad

कारोबार


श्रम मन्त्रालयकाे अर्धवार्षिक प्रगति लक्ष्यकाे ७०.५ प्रतिशत

श्रम मन्त्रालयकाे अर्धवार्षिक प्रगति लक्ष्यकाे ७०.५ प्रतिशत

नेपालखबर
माघ २३, २०७६ बिहिबार ८:२७,

श्रम मन्त्रालयले बुधबार मन्त्रालयकाे अर्धवार्षिक प्रगति समीक्षा गरेकाे छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा मन्त्रालय र अन्तर्गतका निकायको वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन काययोजना चरणबद्ध उपलब्धिमाथि मुख्य उपलव्धि सूचककाे हालसम्मको प्रगतिबारे समीक्षा गरेकाे हाे।

मन्त्रालयले चरणवद्ध उपलब्धिको लागि राखेका लक्ष्यमध्ये ७०.५ प्रतिशत प्रगति भएकाे जनाएकाे छ। मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले यसबारे जानकारी दिँदै २८.८ प्रतिशत प्रगतिको क्रममा रहेको र शून्य दशमलव ७ प्रतिशत कार्यक्रम सुरू हुन नसकेकाे जानकारी दिए।

समीक्षा कार्यक्रममा मन्त्रालयलाई चालू आवमा विनियोजन भएको बजेट कार्यक्रमगत, शीर्षकगत र स्राेतगत छलफल भएको थियो। विनियोजित कार्यकमको हरेक शीर्षकमा भएका कार्य प्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसारको प्रगति हासिल गर्न चाल्नुपर्ने कदमबारे छलफल भएको थियो।

कार्यक्रममा मन्त्री यादवले नेपाल सरकारको नीतिबमोजिम आन्तरिक रोजगारी प्रवर्द्धन हुने गरी रोजगारीका क्षेत्र र सम्भावना खोजी गर्नुपर्ने बताए। साथै सीपमलक तालिमलाई थप प्रभावकारी बनाउनुपर्ने र आन्तरिक राेजगारी, स्वरोजगारी र वैदेशिक राेजगारी समेतलाई उपलब्धिमूलक बनाउन सहज पुग्ने गरी कार्य गर्नुपर्ने बताए। उनले मन्त्रालयका कार्यलाई अझ बढी नतिजादायी बनाउन सबै निकायबीच समन्वय, सहकार्य अभिवद्धि गर्नुपर्ने धारणा राखे।

लक्ष्यअनुसार प्रगति हुन नसकेको कार्यक्रमलाई बाँकी अवधिमा लक्ष्यअनुसारकै प्रगति हुने गरी रणनीति बनाई कार्यान्वयन गर्न निर्देशन दिए। मन्त्रालयका सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरिदको संरचना शीघ्र प्रकाशन गर्न निर्देशन दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, आन्तरिक राेजगारीलाई प्रोत्साहन दिने र सामाजिक सरक्षा कोषमा आबद्धता बढ्दै जानपर्ने विषयलाई केन्द्रविन्दुमा राखी कार्य गरी मन्त्रालयको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने समेत बताए।

उक्त अवसरमा यस मन्त्राल य प्रमुखहरू र अन्तर्गत निकायका महानिर्देशक, कार्यकारी निदेशकहरूबाट अर्धवार्षिक प्रगतिको प्रस्तुतीकरण र समीक्षा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .