ad ad

खेल


हराएको क्याप भेटेपछि खुसी भए ब्याट्सम्यान वार्नर

हराएको क्याप भेटेपछि खुसी भए ब्याट्सम्यान वार्नर

नेपालखबर
पुस २०, २०८० शुक्रबार ११:३८, काठमाडौँ

अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरको हराएको ग्रिन ब्यागी क्याप फेला परेको छ।

सन्न्यास टेस्ट म्याचका क्रममा उनको क्याप हराएको थियो। 

३७ वर्षीय वार्नरले आफ्नो ग्रिन ब्यागी क्याप फिर्ता पाएपछि आफू निकै खुसी भएको बताएका छन्। 

वार्नरले मंगलबार सिड्नी खेल खेल्न गएका बेला आफ्नो सामानबाट ग्रिन ब्यागी क्याप चोरी भएको बताएका थिए।

अस्ट्रेलियाले पाकिस्तानसँग टेस्ट खेलिरहेको छ। खेल सकिन अब तीन दिन बाँकी छ। यसपछि वार्नरले सन्न्यास लिनेछन्।

क्याप हराएपछि वार्नरले सामाजिक सञ्जालमा पोस्ट गर्दै फिर्ता दिन आग्रह गरेका थिए। 

क्याप पाएपछि वार्नरले भने, ‘कुनै पनि क्रिकेटरलाई थाहा हुन्छ, आफ्नो क्याप कति मूल्यवान् हुन्छ। जब मैले मेरो टोपी पाएँ, म यसलाई  खजानाजस्तै गरेर जीवनभर साँचेर राख्नेछु।’

अस्ट्रेलियामा टेस्ट क्रिकेटमा डेब्यु गर्ने खेलाडीलाई ब्यागी क्याप दिने चलन छ।  

यो अस्ट्रेलियाली क्रिकेट टोलीको प्रतीक बनेको छ। २०२० मा अनुभवी अस्ट्रेलियाली अलराउन्डर शेन वार्नले आफ्नो टोपी १० लाख अस्ट्रेलियाली डलरमा लिलामी गरेका थिए। 

अस्ट्रेलियाको जंगलमा लागेको डढेलोपछि सुरु भएको राहत अभियानका क्रममा वार्नले यो टोपी लिलामी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .