ad ad

खेल


एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरको संन्यास

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरको संन्यास

नेपालखबर
पुस १६, २०८० सोमबार १६:५९, काठमाडौँ

अस्ट्रेलियाका ब्याटर डेभिड वार्नरले अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। 

दुई पटकका विश्व विजेता डेभिडले पाकिस्तानसँगको टेष्ट सिरिजअघि ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। 

सोमबार सन्यास घोषणा गर्दै उनले भने, 'यो निर्णय लिन मलाई धेरै सहज भएको छ। यसले नयाँ खेलाडीलाई राम्रो मौकाका रुपमासमेत लिएका छन्।' 

३७ वर्षीय वार्नरले २०२३ को विश्वकपमा २ शतकसहित कुल ४ सय ९४ रन बनाएका थिए। 

अस्ट्रेलियाबाट १ सय ६१ ओडिआई खेलमा २२ शतक र ३३ अर्धशतकसहित कूल ६ हजार ९ सय ३२ रन बनाएका थिए। वार्नरले १४ पटक इण्डियन प्रिमियर लिग खेलेका छन्। 

वार्नरले अन्तिम पटक बुधबार सिड्नीमा १ सय १२ औ तथा अन्तिम टेष्ट खेल्नेछन्।  

उतारचणवपूर्ण खेल जिवन बिताएका वार्नर सन् २०१८ मा बलमा छेडखानी गरेपछि १ वर्ष सबैखाले अन्तराष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्धमा परेका थिए।

त्यो बेला टोलीका उपकप्तान समेत रहेका वार्नर प्रतिबन्धपछि अस्ट्रेलियन क्रिकेट टिमको नेतृत्वबाट सधैँका लागि हटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .