ad ad

खेल


इन्दु बर्माको अर्धशतकमा एपीएफले कोशीलाई दियो १४० रनको लक्ष्य

इन्दु बर्माको अर्धशतकमा एपीएफले कोशीलाई दियो १४० रनको लक्ष्य

नेपालखबर
पुस १५, २०८० आइतबार ११:२, काठमाडौँ

इन्दु बर्माको अर्धशतकमा एपीएफले प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको पहिलो क्वालिफायरमा कोशी प्रदेशसामु १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो। 

इन्दु बर्माले ५० बलमा ३ चौका र १ छक्का मद्दतमा ५६ रनामा नटआउट रहिन्। रोमा थापाले १८ रन बनाइन्।

ओपनर ज्योति पाण्डे १२ रनमा बोल्ड आउट भइन्। कप्तान सिता राना मगर ४५ रन बनाउँदा रन आउट भइन्। ३७ बलको सामना गरेकी सीताले ३ चौका र २ छक्का हानिन्।

कोशीका लागि कप्तान रुबिना क्षत्रीले एक विकेट लिइन्।

यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ।

पराजित टोलीले भने दोस्रो क्वालिफायर खेल्न पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .