ad ad

खेल


ललितपुर सिटीका अनन्त बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी

ललितपुर सिटीका अनन्त बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १४, २०८० शनिबार २०:३९, काठमाडौँ

ललितपुर सिटी एफसीका कप्तान तथा डिफेन्डर अनन्त तामाङ नेपाल सुपर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। 

शनिबार सम्पन्न फाइनलमा साविक उपविजेता धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुरले उपाधि जितेको थियो। लिगमा ललितपुरले सबैभन्दा धेरै खेल खेल्ने एक्लो टोली हो। 

सर्वोत्कृष्ट खेलाडी बनेसँगै अनन्तले २ लाख रुपैयाँ पाए। 

अनन्तले आफ्नो कप्तानीमा लगातार घरेलु मैदानमा दुई फरक लिग जित्न सफल रहे। 

एनएसएलमा ललितपुरलाई पहिलो पटक च्याम्पियन बनाएका अनन्तले यसअघि ए डिभिजन लिग उपाधि पनि उचालेका थिए। अनन्तकै कप्तानीमा ए डिभिजन लिगमा चर्च ब्वाइजले पहिलो सिजिन नै लिग जितेको थियो। 

लिगको उत्कृष्ट गोलरक्षक ललितपुरका जेफ्रि विलि मार्सेल भए। लिगका ११ खेलमा उनले पाँच खेलमा क्लीन सिट राख्न सफल रहे। का छन्। उत्कृष्ट गोलरक्षक बनेका उनले १ लाख रुपैयाँ पाए। 

लिगका सर्वाधिक गोलकर्ता ललितपुरका इमो इजिके भए। लिगमा ६ गोल गरेका इमो सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहे। उनले पनि १ लाख रुपैयाँ प्राप्त गरे। 

उदीयमान खेलाडी धनगढीका रोहन कार्की भएका छन्। धनगढीका फरवार्ड रोहनले १ लाख रुपैयाँ प्राप्त गरे। 

फेयर प्ले अवार्ड विरगन्ज युनाइटेड एफसीले पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .