ad ad

खेल


फुटबल प्रशिक्षक अर्याललाई आर्थिक सहयोग

फुटबल प्रशिक्षक अर्याललाई आर्थिक सहयोग

नेपालखबर
पुस ८, २०८० आइतबार १७:६, काठमाडौँ

ब्लड क्यान्सरसँग जुधिरहेका फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा आधारित सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ।

सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।

सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।

मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको ग्रासरुट फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टोलीसमेत सम्हालिसकेका छन्।

नेपाली फुटबलका आफ्नो समयका चर्चित खेलाडी चेतन घिमिरे, निराजन श्रेष्ठ, दीनेश हेन्जन र बृजेश सिंह अर्यालकै उत्पादन हुन्।

सहयोग हस्तान्तरणपछि बस्तेनले भने, ‘सांग्रिला परिवारले प्रशिक्षक प्रकाश अर्यालज्यूले गर्नुभएको योगदानको कदर गर्दै सानो सहयोग गर्ने प्रयास गरेका हौँ।’

प्रशिक्षक अर्यालले सांग्रिलालाई सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको सुनाएका छन्।

उनले भने,‘एन्फा, प्रशिक्षक संघ, नेपाल सुपर लिगले सहयोग गर्नुभएको छ। उहाहरूको सहयोगमा धन्यवाद दिन मसँग शब्द नै छैन। यो रोगलाई जितेर चाडोभन्दा चाडो मैदान फर्कन पाउँ भन्ने चाहना छ। तपाईंहरूको सहयोगप्रतीिसबैलाई धन्यवाद दिन चाहन्छु।’

अर्याललाई यसअघि नेपाल फुटबल खेलाडी सघं, एन्फा र राष्ट्रिय फुटबल प्रशिक्षक संघले पनि आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .