ad ad

खेल


ललितपुरलाई हराउँदै काठमाडौँ प्लेअफमा, झापा बाहिरियो

ललितपुरलाई हराउँदै काठमाडौँ प्लेअफमा, झापा बाहिरियो

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ७, २०८० शनिबार १९:५, काठमाडौँ

ललितपुर सिटी एफसीलाई पराजित गर्दै काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुगेको छ। 

साविक विजेता काठमाडौँलाई प्ले अफमा स्थान बनाउन लिग चरणको अन्तिम खेल कुर्नुपर्ने भएको हो। काठमाडौँसँगको हारका बावजुद पनि ललितपुर चौथो स्थानमा रहेर प्ले अफ खेल्ने भएको हो। 

काठमाडौँको जितसँगै एफसी झापा प्लेअफ दौडबाट बाहिरिएको छ। समान १० अंक भएपनि झापा काठमाडौसँग हेड टु हेडमा पछि पर्दै प्लेअफबाट बाहिरिएको हो। 

ललितपुरलाई हराएको काठमाडौँले भने तेस्रो स्थानमा रहेर क्वालिफायर खेल्नेछ। ललितपुर चौथो स्थानमा रहेर प्लेअफ खेल्नेछ। 

लिगको एलिमिनेटरमा काठमाडौँ र ललितपुर पुनः भिड्नेछन्। एलिमिनेटरको खेल मंगलबार हुनेछ। 

शीर्ष स्थानमा रहेको पोखराले क्वालिफायरमा दोस्रो स्थानमा रहेको धनगढी एफसीसँग खेल्नेछ। 

पहिलो क्वालिफायर खेल सोमबार साँझ साढे ५ बजे हुनेछ। 

पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले अर्को मौका पाउनेछन। 

पहिलो क्वालिफायरमा पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ। 

दोस्रो क्वालिफायर बिहिबार हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार भिड्नेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबारको दोस्रो खेलमा काठमाडौले ललितपुरलाई १–० को गोल हन्तरले पराजित गरेको छ। 

खेलको ७५ औं मिनेटमा काठमाडौ १० खेलाडीमा सिमित भयो। काठमाडौँमा अमित तामाङले ललितपुरका निखिल सुरेशराओ कदमलाई टाउकोले हानेपछि रेफ्रिी प्रज्वल क्षेत्रीले सिधै रातो कार्ड देखाएका थिए। 

६२ औं मिनेटमा ललितपुरका पापा बोउको प्रहार काठमाडौका गोलरक्षक एन्जल श्रेष्ठलाई लाग्दै सेकेण्डबारको नजिकबाट बाहिरयो। 

५९ औं मिनेटमा सोखरुखको फ्रिकीक सेकेण्डबारबाट बाहिरियो। ५२ औं मिनेटमा ओमोलाजा करिमको फ्रिकीक बाहिरियो। 

इन्ज्युरी समयमा काठमाठौले सुरुआती अग्रता बनायो। तोजिडिनोभको पासमा आन्देस नियाले बललाई पोष्टको गति दिदै अग्रता दिलाएका थिए। 

त्यसअघि इन्ज्युरी समयमा सोखरुखले डिबक्स नजिकबाट गरेको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो। 

४२ औं मिनेटमा काठमाडौंमा सोखरुख एको फ्रिकीक क्रसबारमा लाग्दै बाहिरियो। त्यसकै रिवाउण्डमा दिपेश गुरुङको प्रहार ललितपुरका गोलरक्षक जफ्री विलियम मार्सेलेले बचाए। 

३६ औं मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको कर्नर आकाशियो। २५ औं मिनेटमा काठमाडौका दिपेश गुरुङको कर्नर ललितपुरका पापाले क्लीयर गरे।  १९ औं मिनेटमा ललितपुरका पापा बोउको क्रस काठमाडौंका अमित तामाङल क्लीयर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .