ad ad

खेल


एनएसएल : वीरगञ्जले पहिलो जित निकाल्दा इलामको चौथो हार

एनएसएल : वीरगञ्जले पहिलो जित निकाल्दा इलामको चौथो हार

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २७, २०८० बुधबार १९:१४, काठमाडौँ

स्पोर्टिङ इलाम एफसीलाई हराउँदै वीरगन्ज युनाइटेड एफसीले नेपाल सुपर लिग (एनएसएल) को पाँचौं खेलमा आएर जितको खाता खोलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा वीरगन्जले इलामलाई २–१ गोल अन्तरले हराएको हो।इलामले लिगमा तेस्रो हार व्यहोरेको छ।

पहिलो हाफमा बराबरीमा सकिएको खेलमो दोस्रो हाफको इन्ज्युरी समयमा आएर वीरगन्जले अग्रता दोब्बर पारेको थियो।

इन्ज्युरी समयको पाँचौ मिनेटमा विलियम ओपुकुको पेनाल्टी गोलमा विरगञ्जले अग्रता दोब्बर पार्यो। पेनाल्टी एरियामा इलामका सुजज बस्नेतले ह्याण्ड गरेपछि रेफ्रि कविन व्यञ्जनकारले पेनाल्टी दिएका थिए। जुन अवसरलाई ओपोकुले खेर जान दिएनन्।

पेनाल्टीका लागि विवाद हुँदा इलामका गोलकिपिङ प्रशिक्षक उज्वल मानन्धरले रातो कार्ड पाए।

खेल सकिएपछि पेनाल्टीकै विषयमा विवाद हुँदा खेल मैदान केहीबेर तनावग्रस्त बनेको थियो। जसमा रेफ्रिले इलामका गोलरक्षक सविकेश कुथुलाई रातो कार्ड देखाए।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलको १५ औं मिनेटमा आशिष चापागाइको गोलमा स्पोर्टिङ इलाम एफसीले सुरुआती अग्रता बनाएको थियो। सुरज बस्नेतले दिएको पासलाई सदुपयोग गर्दै आशिषले सेकेण्डबार च्याप्दै बललाई पोष्टको जाली चुमाए।

१७ औं मिनेटमा वीरगन्जका ओबेड ओसुको कर्नर इलामका अमाथ एनडले क्लीयर गरिदिए। १९ औं मिनेटमा इम्राहिम डिजेटको क्रसमा फोडे कामाराको प्रहार आकाशियो।

३३ औं मिनेटमा विशोन गुरुङको गोलमा विरगञ्ज खेलमा फर्किएको थियो। शुसिल लामाले दिएको लामो प्रयासलाई विसोनले इलामका गोलरक्षक विकेश कुथु अघि बढेको मौकामा उनलाई छलाउँदै गोल गरेका थिए।

३९ औं मिनेटमा वीरगन्जका सुसिल लामाको लामो प्रहार विकेशले सहजै बचाए। पहिलो हाफको इन्ज्युरी समयमा भरत खवासको कर्नर गुस्तफोले क्लीयर गरे।

खेलको ५३ औं मिनेटमा डिबक्स एरिया नजिकबाट आशिष चापागाइले हानेको प्रहार वीरगन्जका गोलरक्षक दिप कार्कीले सहजै बचाए।

७१ औं मिनेटमा वीरगन्जका विलियम ओपुकुको प्रहार सेकेण्ड बारबाट बाहिरिँदा अग्रता बनाउने मौका गुमायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .