ad ad

खेल


महिला टी २० : हङकङमा नेपाल र तान्जानिया भिड्दै

महिला टी २० : हङकङमा नेपाल र तान्जानिया भिड्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०८० बुधबार ६:३, काठमाडौँ

हङकङमा आज (बुधबार) देखि सुरुहुने चार देश सम्मिलित महिला टी-२० आई सिरिजको उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्दैछन्। 

वाङ नाइमा हुने खेल बिहान सवा ७ बजेदेखि सुरु हुनेछ। 

नेपाल आजको खेलमा इन्दु बर्माको कप्तानीमा मैदान उत्रदैछ। लामो समयपछि नेपालले आजको खेलबाट महिला टोलीको कप्तानी परिवर्तन गर्दैछ। 

नेपाली टोलीमा तीव्र गतिका बलर सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन्।  यी मध्ये १ खेलाडीले आजको खेलमा डेब्यु गर्ने सम्भावना छ। 

नेपाल र तान्जानिया पहिलो पटक आमनेसामने हुन लागेका हुन्। टी-२० आई वरियतामा नेपाल २१ र तान्जानिया १९ औं स्थानमा छन्। 

हङकङमा सुरु हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्। 

नेपालले आफ्नो दोस्रो खेलमा बिहिबार घरेलु टोलीसँग खेल्नेछ। शनिबार जापानसँग खेल्ने तालिका छ। 

समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .