ad ad

खेल


ओमानविरुद्धको खेलमा नेपालले गुमायो दोस्रो विकेट

ओमानविरुद्धको खेलमा नेपालले गुमायो दोस्रो विकेट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ११:३६, काठमाडौँ

आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा ओमानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सातौं ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ४८ रन बनाएर खेलिरहेको छ। 

ओमानविरुद्ध आक्रमक ब्याटिङ गरिरहेका ओपनर कुशलले पावर प्लेमा १८ बलमा ३ चौका र २ छक्का मद्धतमा ३० रन बनाएर खेलिरहेका छन्। सन्दीप जोरा १० रन बनाएर पवेलियन फर्के। 

त्यसअघि नेपालले तेस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमाएको थियो। ६ रन बनाएका आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए। 

अहिले क्रिजमा ओपनर कुशल भुर्तेल ३० र कुशल मल्ल  शुन्य रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .