ad ad

खेल


यूएईसामु नेपालले प्रस्तुत गर्‍यो १६३ रनको लक्ष्य

यूएईसामु नेपालले प्रस्तुत गर्‍यो १६३ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १३:६, काठमाडौँ

ओपनर कुशल भुर्तेलको अर्धशतक मद्दतमा घरेलु मैदानमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधिका लागि नेपालले यूएईसामु १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 
कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा यूएईले टस जितेर  फिल्डिङ रोजेपछि  ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२  रनको योगफल तयार पारेको हो।

यूएईविरुद्ध ओपनर कुशल अर्धशतक पूरा गर्दै आउट भए। कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्दा जहुर खानको बलमा बोल्ड आउट भए। 

अर्का ओपनर आशिफ ७ शेख रनमा बोल्ड आउट भए। 

दिपेन्द्र सिंह ऐरि २० र कप्तान रोहित पौडेल १८ रन थप्दै पवेलियन फर्के। सन्दिप जोराले १० रन थपे। कुशल मल्ल १ रनमा बोल्ड आउट भए।

गुलसन झा ५ रनमा क्याच आउट भए।  सोमपाल कामी १२ रनमा बोल्ड आउट भए। करण केसी २३ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे। 

यूएईका लागि आयान अफ्जल खानले ३ विकेट लिए। अलि नसिर र जहुर खानले समान २ विकेट लिए। 

जुनैद सिद्धिकीले १ विकेट आफ्नो नाममा गरे। यसअघि सिरिजका दुवै खेलमा यूएईमाथि जित निकालेको नेपालले ह्याट्रिक गर्न चाहन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .