ad ad

खेल


नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

फाइल फाेटाे


नेपालखबर
कात्तिक ६, २०८० सोमबार १२:४५, काठमाडौँ

घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा यूएईले नेपालसामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो।

नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान २/२ विकेट लिए। गुलसन झा र करण केसीले समान १/१ विकेट आफ्नो नाममा गरे। 

अभिनासले आफ्नो स्पेलमा २ विकेट लिँदा २८ रन खर्चे।

सोमपालले यूएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए। सोमपालले आफ्नो स्पेलमा ३३ रन खर्चे। 

यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिम ८ रन बनाउँदा सोमपालको बलमा गुलसन झाको हातबाट क्याच आउट भए। 

अर्का ओपनर खालिद शाह १२ रनमा बोल्ड आउट भए। ५१ बलमा ४ चौका हान्दै ४५ रन बनाएका वृत्या अरविन्दलाई अविनास बोहोराले बोल्ड आउट गरे। 

बसिर अहमद ४५ रन बनाउँदा अविनासको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए। 

आशिफ खान १८ रन बनाउँदा गुलसन झाको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। 

आलिसान सराफु ९ रन बनाउँदा रन आउट भए। अलि नसिर ९ रनमा करणको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। 

 निलन्स केसवानी ८ र अखिफ राजा ५ रनमा नटआउट रहे।

यसअघि सिरिजका तिनै खेलमा अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्न चाहन्छ। 

सिरिजको पहिलो खेलमा यूएई नेपालसँग ७ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .