ad ad

खेल


अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

अर्जुनको कीर्तिमानी प्रदर्शनमा नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८० बिहिबार ११:१६, काठमाडौँ

अर्जुन कुमाल र आकाश त्रिपाटीको आक्रामक साझेदारीमा नेपाली युवा टोलीले मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपमा साउदी अरेबियासामु ३ सय ४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

मलेसियाको वांगीमा साउदीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले पूरै ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रनको विशाल योगफल तयार पारेको हो।

साउदीविरुद्ध ओपनर अर्जुन कुमालले १ सय ४२ रनको शतकीय पारी खेले। १ सय ११ बलको सामना गरेका अुर्जुनले १७ चौका र २ छक्का हाने। 

यू १९ टोलीबाट दुई शतक हान्ने अर्जुन दोस्रो खेलाडी हुन्। यसअघि कप्तान देव खनालले दुई शतक हानेका थिए।

अर्जुनले यसअघि गत फागुनमा भएको आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रन हानेका थिए। अर्जुन यू १९ मा दोस्रो शतक हान्ने पहिलो ओपनर हुन्। 

योसँगै अुर्जनले एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन्। यसअघि चीनमा भएको १९ औँ एसियाडमा कुशल मल्ले मंगोलियाविरुद्ध १ सय ३७ रन बनाएका थिए। 

दोस्रो विकेटका लागि अर्जुन र आकाशले १ सय ६२ बलमा १ सय ८९ रनको आक्रामक साझेदारी गरे। 

अर्जुन ३९औँ ओभरको तेस्रो बलमा मोहम्मद अहमद राजाको बलमा मुहम्मद गायोर अहमदको हातबाट क्याच आउट भए। 

आकाश ९ रन बनाउँदा क्याच आउट भए। ९ बलको सामना गरेका आकाशले ६ चौका र २ छक्का प्रहार गरे। 

त्यसअघि ओपनर दीपक बोहोरा २९ रनमा क्याच आउट भएका थिए। पहिलो विकेटका लागि अर्जुन र दीपकले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

दीपकप्रसाद डुम्रे १४ रन बनाउँदा एलबीडब्लु धरापमा परे। दीपेश कँडेल १४ रनमा क्याच आउट भए। मिलन बोहोरा ९ रनमा एलबीडब्लु धरापमा नै पर्दै पवेलियन फर्के।

मात्र २ बलको सामना गरेका कप्तान देव खनाल शून्य रनमा नै क्याच आउट भए। 

विशाल विक्रम केसी २४ रनमा नटआउट रहे। 

कुवेतका मुहम्मद राजा र मुहम्मद गायोर हमदलले समान २ विकेट लिए। जुहैर मुहम्मद र शाजिद शहमाले एक/एक विकेट आफ्नो नाममा गरे। 

यो खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। 

प्रिमियर कपको समुह चरणमा ३ सयभन्दा बढी रन कटाउने नेपाल पहिलो टोली हो। प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानसामु ३ सय ५३ रनको योगफल तयार पारेको थियो। 

साउदीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .