खेल


त्रिकोणात्मक सिरिज : यूएईलाई हराएको नेपाल आज हङकङसँग भिड्दै

त्रिकोणात्मक सिरिज : यूएईलाई हराएको नेपाल आज हङकङसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८० बिहिबार ६:४६, काठमाडौँ

यूएई सम्मिलित टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज बिहीबार नेपाल हङकङसँग भिड्दै छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। 

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेल पनि जित्ने योजनामा छ। 

घरेलु मैदानमा हुने आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्दै छ।

टी २० आई सिरिजका पछिल्ला ५ खेलमा नेपालले ४ खेलमा जित हासिल गरेको छ। एक खेलमा मात्र हार भोगेको छ। 

उता हङकङले पछिल्ला ५ खेलमध्य तीन खेलमा हार भोग्दा २ खेलमा विजय प्राप्त गरेको छ। 

नेपाल र हङकङ बीचको पाँचवटा टी २० आई खेलमा नेपालले तीन खेल जितेको छ। २ खेलमा भने हार भोगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .