ad ad

खेल


नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय

नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय

नेपालखबर
असोज ९, २०८० मंगलबार २१:५, काठमाडौँ

नेपाल क्रिकेट संघले त्रिकोणात्मक श्रृङ्खला आयोजना गर्ने भएको छ। क्यानको नयाँ कार्यसमितिको मंगलबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो। 

बैठकले आईसीसी पुरुष टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय गरेको हो। 

आगामी अक्टोबर १७ देखि २६ (३० असोजदेखि ९ कात्तिक) काठमाडौंमा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको हो।

त्यस्तै, क्यानले प्रत्येक प्रदेशहरूमा १÷१ वटा खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ति र आवश्यक खेल मैदान सामाग्रीको व्यवस्था गर्ने लगायतका विभिन्न १० वटा निर्णय गरेको छ। 

क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा आग मार्च–अप्रिल २०२४ मा नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .