खेल


एसियाडमा पदकबाट चुके लिम्बु

एसियाडमा पदकबाट चुके लिम्बु

नेपालखबर
असोज ७, २०८० आइतबार ११:१६, काठमाडौँ

तेक्वान्दोका प्रेमबहादुर लिम्बु नेपाललाई १९औं एसियाली खेलकुदमा पहिलो पदक दिलाउन असफल भएका छन्। 

आइतबार चीनस्थित लिनान स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको पुम्सेको क्वार्टरफाइनलमा हारेसँगै उनी पदकबाट वञ्चित भएका हुन्। लिम्बु फिलिपिन्सका प्याट्रिक किङ पेरेजसँग हारेका हुन्। 

पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई हराउँदै लिम्बु अन्तिम १६ मा पुगेका थिए। अन्तिम १६ मा पेरेजले औसत ७.५६० अंक ल्याउँदा उनले ७.१६० को स्कोर ल्याए। 

महिला पुम्सेतर्फ पनि नेपालको यात्रा सकिएको छ। अन्तिम १६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग हारेसँगै नेपालको सम्भावना सकिएको हो। 

तेक्वान्दोमा भोलि सोमबार राउन्ड अफ ३२ मा नेपालका लागि अञ्जली तामाङले महिला ४९ केजी तौल समूहमा कम्बोडियाकी लाइदेन क्रिसँग खेल्ने तालिका छ।

पुरुषतर्फ ५८ केजीमा राहुल कुमालले रियाद हाम्दीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad