ad ad

खेल


चौथो मिष्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता असोज ५ देखि

चौथो मिष्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता असोज ५ देखि

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ३, २०८० बुधबार १६:१, काठमाडौँ

काठमाडौं उपत्यकामा पहिलो पटक चौथो मिष्टर बुल्समेन राष्ट्रिय खुला शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ।

बुल्समेन क्लब पोखराले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही शुक्रबार र शनिबार (५ र ६ गते) हुने जानकारी दिएको हो।

यसअघि पोखरामा हुँदै आएको प्रतियोगिता पहिलो पटक काठमाडौमा हुन लागेको हो। यसअघि पोखरामा प्रतियोगिता गर्दा प्रायोजक पाउन गाह्रो भएका कारण काठमाडाैं उपत्यकामा कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष नुना गुरुङले बताए।

प्रतियोगितामा पुरुष बडी विल्डिङमा सात तौल समूहमा स्पर्धा हुनेछ। पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथिको तौल समूहमा स्पर्धा हुने क्लबका सचिव उदिम गुरुङले जानकारी दिए।

पुरुष फिजिकमा १ सय ७० सेमी भन्दा माथि र तल प्रतिस्पर्धा हुनेछ। महिलातर्फ वेल्नेस र फिजिकमा खुल्ला स्पर्धा हुनेछ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने प्रतियोगितामा करिब २ सय जना खेलाडीले चार विधामा स्पर्धा गर्ने क्लबका अध्यक्ष नुना गुरुङले जानकारी दिए।

प्रतियोगिताका लागि अहिलेसम्म १ सय जना खेलाडीले नाम दर्ता गराईसकेका छन्। करिब २ सय ५० जना खेलाडी सहभागी हुने आशा आयोजकले गरेको छ।

प्रतियोगितामा ओभरल च्याम्पियनले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। हरेक तौल समूहको विजेताले ३५ हजार, दोस्रोले २५ र तृतीय हुनेले २० हजार रुपैयाँ पाउनेछन्।

पुरुष फिजिकतर्फ विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पाउनेछन्।

महिला फिजिकतर्फ विजेताले १ लाख, दोस्रोले ५० तथा तेस्रो हुनेले ३५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा सहभागी हुन काठमाडौ उपत्यका बाहिरका खेलाडीले १ हजार रुपैयाँ तिनुपर्नेछ।

प्रतियोगिता आयोजना गर्न ६५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सचिव गुरुङले बताए। अनुमानित आम्दानी ७० लाख हुने अपेक्षा आयोजकले गरेको छ।

प्रतियोगिताबाट बचत रकम बुल्समेन खेलाडी अक्षयकोष स्थापना गरि खेलाडीका लागि खर्च गरिने आयोजकले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .