भारतीय चर्चित युवा उद्यमी अनुपम मित्तलले नेपालका चर्चित क्रिकेटर ललित राजवंशीलाई क्रिकेट ब्याट उपहार दिने बताएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितलाई ब्याट उपहार दिने सामाजिक सञ्जाल एक्समार्फत् बताएका हुन्। सादी डटकमका संस्थापक मित्तल भारतको चर्चित रियालिटी शो सार्क ट्याङ्क इन्डियामा पनि आवद्ध छन्।
‘कृपया, ललित राजवंशीलाई मसँग सम्पर्क गर्न भन्दिनुस्। उहाँलाई ब्याट प्रायोजन गर्न पाएमा म खुसी हुनेछु,’ मित्तलले एक्समा भनेका छन्।
राजवंशीले केही दिनअघिको अन्तर्वार्तामा आफूसँग प्रतियोगिता खेल्ने ब्याट नभएको बताएको दाबी एउटा ट्विटरसम्बन्धी पेजमा उल्लेख गरिएको थियो।
‘मसँग नेटमा अभ्यास गर्ने एउटा ब्याट छ। तर, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मसँग ब्याट छैन। त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगितामा म साथीहरूसँग ब्याट मागेर खेल्छु। खासगरी कुशल भुर्तेलसँग ब्याट लिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छु’, ललितले भनेको भन्दै उक्त पोस्टमा सेयर गरिएको थियो।
राजवंशीको उक्त भनाइ क्रिकेटसम्बन्धी विभिन्न सामाजिक सञ्जालमा सेयर गरिएको थियो।
— ICC Asia Cricket (@ICCAsiaCricket) September 11, 2023Nepal cricketer Lalit Rajbanshi said, "I've bat to play in nets, but I don't have a suitable one for international matches. During actual games, I rely on my teammates bats & they lend me their bats. I mostly use Kushal Bhurtel bat."😑#NepalCricket #AsiaCup #RohitSharma #Support pic.twitter.com/agUksjXCNU
भारतीय टोलीका कप्तान रोहित शर्मा र नेपाली खेलाडी राजवंशीको तस्बिरसहित उक्त पोस्ट राखिएपछि मित्तलले सहयोग गर्ने बताएका थिए।
उक्त पोस्टमा अनुपम मित्तलले राजवंशीलाई मौखिक सहयोगभन्दा ब्याट जरुरी रहेको उल्लेख गर्दे आफूले उपहार दिने बताएका थिए।
Shares

प्रतिक्रिया