ad ad

खेल


शाहीन अफ्रिदीले जसप्रित बुमराहलाई उपहार दिएको भिडिओ भयो भाइरल

शाहीन अफ्रिदीले जसप्रित बुमराहलाई उपहार दिएको भिडिओ भयो भाइरल

नेपालखबर
भदौ २५, २०८० सोमबार १०:२९, काठमाडौँ

पाकिस्तानी बलर शाहीन शाह अफ्रिदीले भारतीय बलर जसप्रित बुमराहलाई उपहार दिएका छन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

केही दिनअघि मात्र पिता बनेका जसप्रितलाई आइतबार शाहिन अफ्रिदीले उपहार दिएका हुन्। 

यसको भिडिओ पाकिस्तानी खेलाडीले एक्स (पहिले ट्विटर) मा सेयर गरेका छन्, जसमा उनले बुमराहलाई छोराका लागि उपहार दिएर बधाई दिइरहेका छन्।

आइतबार भारत र पाकिस्तानबीचको सुपर ४ खेल वर्षाका कारण रद्द भएपछि खेलाडी मैदानबाट फर्किंदै गर्दा उपहार दिइएको हो।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .