ad ad

खेल


एनएसएलको उद्घाटन मंसिर ७ गते, कुन कुन टिम खेल्दैछन् पहिलो खेल?

एनएसएलको उद्घाटन मंसिर ७ गते, कुन कुन टिम खेल्दैछन् पहिलो खेल?

नेपालखबर
भदौ २४, २०८० आइतबार २०:३०, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा नवप्रवेशी स्पोर्टिङ इलाम डे मेची एफसीले साविक विजेता काठमाडौं रेजर्सको सामना गर्ने भएको छ। 

एनएसएल आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल मंसिर ८ गते हुनेछ। 

दोस्रो संस्करणको एनएसएल मंसिर ८ देखि पुष २१ गतेसम्म हुनेछ। एनएसइएमले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यसअघि १० टोली सहभागी हुने भनिएपनि दोस्रो संस्करणमा ९ टोली सहभागी हुने जानकारी दिएको हो। पहिलो संस्करण सहभागी भएको विराटनगर सिटी एफसीले भने यो पटक  सहभागिता जनाएको छैन।  

दोस्रो संस्करणको एनएसएलका लागि यसअघि नै अक्सन भइसकेपनि खेलाडी विदेश पलायनको कारण पुनः अक्सन हुने बताइएको छ। अक्सनका लागि एनएसइएमले असोज ५ गतेसम्म खेलाडीको सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने उल्लेख गरेको छ। 

अक्सन असोज १९ गते हुनेछ। 

दोस्रो संस्करणका सबै खेल दशरथ रंगशालामा हुनेछ। 

यसअघि काठमाडौं बाहिर पनि खेल गर्ने भनिएपनि आर्थिक अवस्थाका कारण सबै खेल रगंशालामा हुने एनएसइएमले बताएको छ। 

दोस्रो संस्करणमा झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले पहिलो पटक सहभागिता जनाउँदा काठमाडौं रेजर्स, धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवन पुरानै टोली छन्। 

एनएसएलको पहिलो संस्करणमा ७ टोलीले स्पर्धा गरेका थिए।  पहिलो संस्करणमा काठमाडौंले धनगढी फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .