ad ad

खेल


नेपाललाई जितका लागि थाइल्यान्डले दियो १०६ रनको लक्ष्य

नेपाललाई जितका लागि थाइल्यान्डले दियो १०६ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार ८:४३, काठमाडौँ

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत जारी सेमिफाइनल खेलमा नेपालसामु जितका लागि थाइल्यान्डले १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको हो। 

दोस्रो विकेटका लागि ओपनर नन्नपत कोन्चरोएनकाई र नटाङकन चनतमले ६८ रनको साझेदारी गरेका थिए। 

४५ बलमा २ चौका प्रहार गरेकी नटाङकन ३१ रन बनाउदा पूजा महतोको बलमा काजल श्रेष्ठको हातबाट क्याच आउट भइन्। 

नेपालले पहिलो विकेटका रुपमा ओपनर सुवानन खियाओटोलाई २ रनमा कविता कुवँरको बलमा कप्तान रुविना क्षत्रीको हातबाट क्याच आउट गराएको थियो।

नन्नपत ५९ र चनिदा सुचिरुङ ११ रनमा नटआउट रहे। नन्नपतले ६३ बलमा चार चौका प्रहार गरिन्। 

नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिईन्। कविता जोसीले ३ ओभरमा १२ र इन्दु बर्माले २ ओभरमा १५ रन खर्चिए। 

रुविना क्षत्रीले ४ ओभरमा २१ रन दिदा पूजा महतोले ३ ओभरमा २० रन दिएर १ विकेट आफ्नो नाममा गरिन्। 

सीता राना मगर र खुसी डंगोलले समान २ ओभरमा १० रन दिए। 

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। यो खेलको विजेताले अर्को वर्ष हुने आईसीसी महिला ग्लोबल टी-२० छनोटमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .