ad ad

खेल


ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख संकलन

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख संकलन

नेपालखबर
भदौ २०, २०८० बुधबार ११:१०, ताप्लेजुङ

ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रुपैयाँ संकलन भएको छ।

सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट ११ लाख सङ्कलन भएको हो।

सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। क्वाटरफाइनलबाट छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो।

सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क दुई सय र क्वाटरफाइनलका लागि एक सय टिकटदर निर्धारण गरिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए। 

खेलको पहिलो दिन भदौ १४ गते एक लाख ७० हजार आठ सय, १५ गते  एक लाख ३१ हजार सात सय, १६ गते एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो। 

यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते तीन लाख सात हजार चार सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए। खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन्।

उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ। 

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन्। 

ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो। विसं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिताको आयोजना हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .