स्पेनका महिला विश्वकप विजेता मुख्य प्रशिक्षक जोर्ग विल्डा लुइस रुबियाल्सको चुम्बन काण्डका कारण बर्खास्त भएका छन्।
पहिलोपटक विश्वकप उचालेको स्पेनको जित स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियालेसले फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि छायामा परेको थियो। जुन चुम्बन जेनीले सहमतीमा नभएको बताएकी थिइन्।
चुम्बन काण्डपछि स्पेनका अधिकांश कोचिङ स्टाफले राजीनामा दिए भने ८१ खेलाडीले स्पेनका लागि खेल्न अस्वीकार गरे।
रुबियासले राजीनामा दिन अस्वीकार गरेपछि फुटबलको सर्वोच्च निकाय फिफाले उनलाई अस्थायी रुपमा निलम्बन गरेको छ।
स्पेनिस संघ आरएफइएफले विल्डाको बर्खास्तीको खास कारण बताएको छैन।
आरएफइएफले राष्ट्रिय टोलीको प्रमुखमा विल्डाको काम र महिला टोलीको प्रशिक्षकको रुपमा आफ्नो कार्यको साथसाथै विश्वकपको उपाधि दिलाएकोमा प्रशंसा गरेको छ।
‘स्पेनमा महिला फुटबलको उल्लेखनिय वृद्धीमा उनी एक हिस्सा हुन्। उनको निर्दोष व्यक्तीगत र खेलकुद आचरणको कदर गर्दछौँ,’ आरएफइएसले भनेको छ।
यद्यपी आरएफइएफले गत सातादेखि रुबियाल्सको नजिकको सहयोगी मानिने ४२ वर्षीय विल्डालाई बर्खास्त गर्न सक्छ की भनेर खोजी गरिरहेको थियो।
प्रशिक्षक विल्डाले अगष्टको सुरुमा आरएफइएफको साधारण सभामा रुबियाल्सको प्रशंसा गरेका थिए।
प्रशिक्षक रुबियाल्सको स्थानमा मोन्टेसे टोमलाई प्रशिक्षकमा नियुक्त गरिएको छ।
स्पेनिस टोलीको प्रशिक्षक बनेकी टोम पहिला महिला बनेकी छिन्।
पूर्व मिडफिल्डर टोमले राष्ट्रिय टोलीबाट चार क्याप जितेकी छिन्। उनी विल्डाको कोचिङ टोलीको एक सदस्य समेत थिइन्।
४१ वर्षीय टोमले युइएफए महिला नेसन्स लिग छनोटमा स्पेनको टोली सम्हाल्नेछिन्। स्पेनले २२ र २६ सेप्टेम्बरमा स्विडेन र स्विट्जरल्याण्डसँग खेल्नेछ।
Shares
प्रतिक्रिया