ad ad

खेल


साउदी क्लबमा सामेल भएका हेन्डरसनले मागे माफी

साउदी क्लबमा सामेल भएका हेन्डरसनले मागे माफी

नेपालखबर
भदौ १९, २०८० मंगलबार १५:३८, काठमाडौँ

इंग्ल्यान्डका मिडफिल्डर जोर्डन हेन्डरसनले अल–इत्तिफाकमा सामेल भएकोमा आलोचना भएपछि आफूलाई साँच्चै चोट लागेको बताएका छन्।

जुलाईमा लिभरपुलबाट साउदी क्लबमा सामेल भएका हेन्डरसन एलजीबीटिक्यु प्लस समुदायको मुखर सहयोगी भएका छन्।

उनको कदमको केही एलजीबीटिक्यु प्लस अभियानकर्ताहरुले आलोचना गरेका छन्, किनकी समलिङ्गी यौन गतिविधि साउदी अरबमा अवैध छ।

उनले भने, ‘मेरो मनसाय कहिल्यै कसैलाई चोट पुर्याउनु थिएन, मेरो उदेश्य सधैं कारण र समुदायहरुलाई मद्दत गर्ने हो। एक व्यक्तिको रुपमा मेरो वरिपरि धेरै अलोचना, धेरै नकारात्मक हुन सक्छ। र त्यो लिन गाह्रो थियो। म विभिन्न कारणहरु र समुदायहरुमा संलग्न भएको बारे ख्याल गर्छु। मानिसहरुले आलोचना गर्न र भन्नलाई की मैले तिनिहरुबाट फर्केको थिएँ, साँच्चै मलाई चोट पुर्यायो।’

उनले थपे, ‘म यति मात्र भन्न सक्छु की म माफी माग्छु, म माफी चाहान्छु की मैले तिनिहरुलाई त्यस्तो महसुस गराएको छु। तर म एक व्यक्तिको रुपमा परिवर्तन भएको छैन।’

एलजीबीटीक्यु प्लस समुहदायमा आफ्नो परिवार र साथीहरु रहेकाले आफुले यसबारेमा ध्यान दिइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .