ad ad

खेल


एसिया कप : भारतसँग १० विकेटको फराकिलो हारसँगै बाहिरियो नेपाल

एसिया कप : भारतसँग १० विकेटको फराकिलो हारसँगै बाहिरियो नेपाल

नेपालखबर
भदौ १८, २०८० सोमबार २३:४६, काठमाडौँ

एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतसँग डिएलएस मेथडमा १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ।

लगातार दोस्रो हारसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्। 

वर्षाका कारण दुइ घण्टाभन्दा बढी समय खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिको आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो।

१ सय ४५ रनको लक्ष्य भारतले विना विकेटको क्षति १७ बल अगावै भेट्टायो। 

पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले १ सय ४७ रनको अविजित साझेदारी गरेपछि भारतले सहज जित निकालेको हो।  

५९ बलको सामना गरेका रोहित शर्मा ६ चौका र ५ चौका हान्दै ७४ रनमा नटआउट रहे। शुभमन गिलले ६२ बलमा ८ चौका र १ छक्का हान्दै ६७ रनमा अविजित रहे। 

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा विना विकेटको क्षति १७ रन बनाउँदा पानी परेपछि खेल प्रभावित भएको भएको थियो। 

नेपालका सोमपाल कामीले २ ओभरमा २३ रन खर्चे। करण केसीले ४ ओभरमा २६ रन दिए। सन्दीप लामिछानेले ४ ओभरमा ३९ र ललित राजवंशीले ४ ओभरमा २४ रन दिए। दिपेन्द्र सिंह ऐरिले २ ओभरमा ११ रन खर्चे।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा विना विकेटको क्षति १७ रन बनाउँदा पानी परेपछि खेल प्रभावित भएको भएको थियो। 

त्यसअघि श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए। 

ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए। २५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे। 

पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो। 

९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए। 

गुलसन झाले २३ रन थपे। ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए। 

सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे। 

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने। 

आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए। ५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए। 

सन्दीप लामिछाने ९ रनमा रनआउट भए। भिम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए। रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए। करण केसी २ रनमा नटआउट रहे। ललित रावंशी शुनय रनमा बोल्ड आउट भए। 

भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए। १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे। 

मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। ९.२ ओभर बलिङ गरेका मोहम्मदले १ मेडन राख्दै ६१ रन खर्चेर ३ विकेट लिए। 

सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १ विकेट झारे। कुलदिप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेट विहिन रहे।  

नेपाल पहिलो खेलमा ओडिआई वरियताको शीर्ष टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो। 

पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .