ad ad

खेल


नेप्से २९ अंकले घटेर १९६०.७८ बिन्दुमा, थ्री स्टार हाइड्रोपावरको सेयरमा सर्किट

नेप्से २९ अंकले घटेर १९६०.७८ बिन्दुमा, थ्री स्टार हाइड्रोपावरको सेयरमा सर्किट

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८० आइतबार १६:३६, काठमाडौँ

साताको पहिलो दिन आइतबार सेयरबजार २९.८१ अंकले घटेको छ। नेप्से २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा झरेको हो।

नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार भने बढेको छ। 

आइतबार नेप्सेमा १ अर्ब १८ करोडको कारोबार भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा १ अर्ब १० करोडको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयरमूल्य बढ्दा २१२ कम्पनीको घटेको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सोल्टी होटलको सर्वाधिक ३ करोड ८८ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .