ad ad

खेल


नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित

नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित

नेपालखबर
भदौ १७, २०८० आइतबार १२:४८, काठमाडौँ

आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको छ। 

आइतबार भुटानले दिएको ४० रनको झिनो लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। 

टोलीकी कप्तान रुविना क्षत्री बेलवासे १२ रनमा नटआउट रहिन्। कविता जोशी ९, सीता राना मगरले ८ तथा  पुजा महतोले ३ रन थपे।

नेपालका ८ ब्याटरले दोहोरो अंक छुन नसक्दा पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के। 

भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन्। अन्जु गुरुङले १ विकेट आफ्नो नाममा गरिन्। 

त्यसअघि मलेसियाको बांगीमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रनको योगफल तयार पारेको थियो। 

कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालकी पूजा महतोले ३ विकेट लिइन्। रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान एक विकेट आफ्नो नाममा गरे। 

भुटानलाई पराजित गर्दै नेपाल समूह 'ए' को शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। 

नेपालले अब मंगलबार कतारसँग र बुधबार यूएईसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .