नेपाली टेबल टेनिस टोली २६औँ एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन आज (शुक्रबार) दक्षिण कोरिया प्रस्थान गर्दैछ। यही भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी सहभागी हुँदै छन्।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा छन्। प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जिव ढुङ्गेल छन्।
नेपालले पुरुष/महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।
पाँचै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्। एसियाली खेलकुदमा ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दै छन्। एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन्।
उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन्।
Shares
प्रतिक्रिया