ad ad

खेल


गण्डकी क्रिकेट संघमा सञ्जयकान्त

गण्डकी क्रिकेट संघमा सञ्जयकान्त

नेपालखबर
भदौ ७, २०८० बिहिबार २०:१२, पोखरा

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल चयन भएका छन्। गएराति ढिलो गरी सम्पन्न दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको हो।

संघको उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा (स्याङ्जा) चयन भए। सदस्यमा देवेन्द्र प्रजु (कास्की), ऋषिराम गौतम (कास्की), फणीन्द्रबहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशमबहादुर केसी (पर्वत), विद्यादेवी भट्टराई (स्याङजा), भोजराज बराल (कास्की) र सन्तोष शर्मा (बाग्लुङ) रहेका छन्।

कार्यसमितिको कार्यकाल ४ वर्ष तोकिएको छ। नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रुपमा विकास गर्नको लागि पहल गर्ने बताए।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .