ad ad

खेल


बागमती प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता गर्ने

बागमती प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता गर्ने

नेपालखबर
भदौ ४, २०८० सोमबार १५:८, हेटाैँडा

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ।

काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निणर्य गरेको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

प्रतियोगिता आयोजना स्थान भने तय भइसकेको छैन। प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता रहने छ। अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ।

दोस्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्य सचिव भण्डारीले जानकारी दिए। दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, स्थानीय तह र जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मङ्सिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ। बैठकमा गत आर्थिक वर्षको समीक्षा पनि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .