ad ad

खेल


अमेरिकी टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

अमेरिकी टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपालखबर
भदौ १, २०८० शुक्रबार ६:५१, काठमाडौँ

फिफा महिला विश्वकपमा खराब प्रर्दशन गरेपछि अमेरिकी टोलीका मुख्य प्रशिक्षक भ्लाट्का एन्डोनोव्स्कीले राजीनामा दिएका छन्। 

चारपटकको विश्वकप विजेता अमेरिका यसपटक अन्तिम १६ मा स्विडेनसाग टाइब्रेकरमा पराजित हुँदै बाहिरियो। 

साविक विजेतासमेत रहेको अमेरिकाले यसअघिका संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गर्ने गरेको थियो।

एन्डोनोव्स्कीले भने, ‘यस वर्षको विश्वकप नतिजाबाट हामी सबै निराश छौं, तर टोलीले गरेको प्रगति, उनीहरुले देखाएको समर्थन र वरपरका खेलाडीलाई दिएको प्रेरणामा म गर्व गर्छु।’ 

भ्लाट्काले टोलीका लागि अथक प्रयास गरेको र महिला कार्यक्रमका लागि बलियो र सकारात्मक रहेको अमेरिकी खेल निर्देशक म्याट क्रोकरले भने। उनले थपे, ‘उनले अमेरिकी फुटबलमा पुर्याएको योगदानका लागि कृतत्र रहेको र उनको उज्जवल भविष्यको कामना।’ 

एन्डोनोव्स्कीले राजीनामा दिएसँगै सहायक प्रशिक्षक टिव्ला किलगोरलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .