खेल


युरोपेली शीर्ष प्रतियोगिताको डेब्युमै साम्बाको गोल

युरोपेली शीर्ष प्रतियोगिताको डेब्युमै साम्बाको गोल

नेपालखबर
भदौ १, २०८० शुक्रबार ६:४१, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ एफसीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाले इजरायली क्लब हापोयल रानानाको डेब्यु खेलमै गोल गरेकी छन्। 

अथाना कपको दोस्रो चरणमा रानानाको जितमा साम्बाले गोल गर्दा अर्को गोलमा असिस्ट प्रदान गरेकी थिइन्। 

बुधबार राति भएको खेलमा रानानाले हादेरालाई २–० गोल अन्तरले हराउँदै विजय सुरुवात गरेको हो। रानानाका लागि आदि गोल्डेन र साम्बाले समान एक गोल गरे। 

युरोपेली प्रतियोगितामा रानानाका लागि डेब्यु गर्दै साम्बाले इतिहास बनाएकी छन्। 

रानानाले दुई सातापछि शीर्ष डिभिजनको लिग यात्रा सुरु गर्नेछ। 

आथाना कपमा शीर्ष डिभिजनको लिग खेल्ने ८ टोलीको सहभागिता छ। इजरायली लिग खेल्न साम्बा करिब दुई साता अघि त्यहाँ पुगेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .