ad ad

खेल


नेपाल र ओमानसँग आइसीसी विश्वकप लिग–२ खेल्न अमेरिकाले घोषणा गर्‍यो टोली

नेपाल र ओमानसँग आइसीसी विश्वकप लिग–२ खेल्न अमेरिकाले घोषणा गर्‍यो टोली

नेपालखबर
माघ ७, २०७६ मंगलबार ८:४२,

नेपाल र ओमानसँग प्रतिस्पर्धा गर्नका लागि अमेरिकाले आफ्नो टोली घोषणा गरेको हो।

आगामी २२ देखि २९ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरिएको छ।

अमेरिकाको टोलीमा दक्षिण अफ्रिकाबाट एक दिवसिय र टि ट्वान्टी आई खेलिसकेका तीब्र गतिका बलर रस्टी थेरन र वेस्ट इन्डिजका पूर्व ओपनर जेवियर मार्शल समावेश छन्।

यो टोली निकै बलियो छ। अमेरिकाको टोलीमा कप्तान सौरभ नेत्रवलकर, स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन छन्।

 टोलीको तयारीका लागि अमेरिकाको टोली शुक्रबार भारत प्रस्थान गर्ने छ। अमेरिका क्रिकेट बोर्डका अनुसार मुम्बई क्रिकेट एसोसिएसन–११ सँग तीन एक दिवसिय अभ्यास खेलेपछि टोली नेपाल आउने छ। सचिन तेन्दुलर जिमखान मैदानमा हुने अभ्यास खेलको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र मुम्बई क्रिकेट बोर्डले स्वीकृती दिई सकेको अमेरिकाले जनाएको छ।

नेपाल बाहेक ६ टोलीले विश्वकप लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलिसक्दा अमेरिका शीर्ष स्थानमा छ।

अमेरिका ८ खेलमा ६ मा जित निकालेर शीर्ष स्थानमा छ। ४ खेलमा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ।

यस्तै ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ। ओमान ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ। ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ। पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै छैठौं स्थानमा छ।

कुनैपनि खेल नखेलेको नेपाल अंकतालिकको पुछारमा छ।

त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका

माघ २३ गते– अमेरिका भर्सेस ओमान

माघ २५ गते– नेपाल भर्सेस अमेरिका

माघ २८ गते – अमेरिका भर्सेस ओमान

माघ २९ गते – नेपाल भर्सेस अमेरिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .