ad ad

खेल


संघीय संरचनामा बसेरै संघीयता खारेज गर्छौं : जनमोर्चा

संघीय संरचनामा बसेरै संघीयता खारेज गर्छौं : जनमोर्चा

नेपालखबर
साउन ३२, २०८० बिहिबार २०:१२, अर्घाखाँची

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले संघीयताको सिस्टममा पसेरै यसलाई खारेज गर्ने दाबी गरेका छन्।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले देशको अवस्था नबुझी अर्कैको इसारामा संघीयता लागू गरिएको आरोप लगाए।

‘भारतको दबाबमा नेपाली कांग्रेस र एमालेले संघीयता स्वीकार गरे’ खत्रीले भने, ‘देशको अवस्था नबुझी अर्कैको इसारामा संघीयता लागू गरिनु दुर्भाग्यपूर्ण हो।’

उनले २०७२ सालको संविधानका कतिपय पक्ष राम्रा भएपनि संघीयता यसको दुर्वल पक्ष रहेको बताए।

संघीयताको संरचनामै बसेर संघीयताकै विरोध गर्नु कत्तिको उचित हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सिस्टममा नबसी सिस्टम सुधार गर्न सकिँदैन। संघीयताको संरचना भित्रै बसि यसलाई खारेज गर्नेछौँ।’

प्यूठान जिल्लाका पूर्व जिविस सभापतिसमेत रहेका खत्रीले संघीयताप्रति बिमती हुँदाहुँदै पनि यो संरचनाको चुनावमा सहभागी भइ संघीयताको बारेमा जनतालाई सुसूचित गरिरहेको जिकीर गरे।

फरक प्रसंगमा नेता खत्रीले नेपालमा भारतको हस्तक्षेप रहँदै आएकोमा अब अमेरिका पनि प्रत्यक्ष रुपमा नेपालभित्र पसेको बताए। उनले वर्तमान अवस्थामा देशको राष्ट्रियताको रक्षासँगै लोकतन्त्र र गणतान्त्रिक व्यवस्था जोगाउनुपर्ने चुनौती रहेको उल्लेख गरे।

कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय महासचिव सकुन्तला राना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय उपाध्यक्ष गोबिन्द विसी, राजमो प्रदेश सदस्य शेरबहादुर विसी, प्रदेश सदस्य तथा जिल्ला अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसीलगायत नेताहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .