ad ad

खेल


मछिन्द्रले भारतीय क्लब मोहन बगानको सामना गर्दै

मछिन्द्रले भारतीय क्लब मोहन बगानको सामना गर्दै

नेपालखबर
साउन ३१, २०८० बुधबार १२:२, काठमाडौँ

एएफसी कप प्रारम्भिक छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा मछिन्द्र फुटबल क्लबले बुधबार भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्दैछ। 

कोलकतास्थित साल्ट लेक स्टेडियममा हुने विवेकानन्द युवा भारती कउकागनमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। 

मछिन्द्रले पहिलो चरणमा घरेलु मैदानमा भुटानी च्याम्पियन पारो एफसीलाई ३–२ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो। 

मछिन्द्रको जितमा विमल घर्ती मगर, आयुष घलान र ओलावाले अफिजले गोल गरेका थिए। 

मछिन्द्र र मोहन बगानबीचको खेलको विजेताले भदौ ५ गते प्ले अफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग खेल्नेछ। 

फाइनलको विजेताले समूह चरणमा स्थान बनाउनेछ। समूह चरणमा भारतको ओडिसा र मालदिभ्सको माजियाको स्थान पक्का गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .