ad ad

खेल


मोइसेसका लागि कीर्तिमानी १ सय १५ मिलियन पाउन्ड तिर्न तयार चेल्सी

मोइसेसका लागि कीर्तिमानी १ सय १५ मिलियन पाउन्ड तिर्न तयार चेल्सी

नेपालखबर
साउन २९, २०८० सोमबार १२:४६, काठमाडौँ

ब्राइटनका मिडफिल्डर मोइसेस क्यासेडोलाई भित्राउनका लागि चेल्सीले बेलायती कीर्तिमानी रकम खर्च गरेको छ। 

२१ वर्षिय मोइसेसका लागि चेल्सीले १ सय १५ मिलियन पाउण्ड खर्च गर्न सहमत भएको हो। 

लिभरपुलले मोइसेसका लागि १ सय ११ मिलियन पाउण्ड खर्च गर्न तयार भएपनि चेल्सीले यो भन्दा धेरै रकम दिन तयार भएको हो। 

चेल्सीले २०२३ मा दुइ पटक ब्रिटीस रेकर्ड तोडेको छ। गत जनवरीमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजलाई १ सय ७ मिलियन पाउन्ड खर्च गरेको थियो। 

घरेलु सिजनमा ब्राइटनको टोलीबाट बाहिर राखिएका उनको मेडिकल हुन बाँकी छ। मोइसेसका लागि सुरुवातमा १ सय मिलियन पाउन्ड खर्च गरेपनि ब्राइटनले बिक्री अन क्लज वार्ता गरेको छ। 

मोइसेस इक्वेडरको इन्डिपेन्डिएन्ट डेल भालेबाट २०२१ को फेब्रुअरीमा ४ मिलियन पाउण्डमा ब्राइटनमा सामेल भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .